सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

नेपालमा भित्रियो मनसुन, गर्मीबाट राहत मिल्ने अनुमान

यस वर्षको मनसुन एक दिन ढिलागरी नेपाल भित्रिएको छ । मनसुन नेपाल भित्रिने सरदर समयभन्दा एक दिन ढिलागरी पूर्वी भागमा आइपुगेको हो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर यो वर्ष जुन १४ अथात् जेठ ३१ गते नेपालमा मनुसन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एक दिन ढिला गरि मनसुन भित्रिएको महाशाखाले जनाएको छ । अत्याधिक गर्मीका कारण तराई र पहाडी क्षेत्र प्रभावित हुँदा मनसुन भित्रिएसँगै अब केही राहत मिल्ने अनुमान गरिएको छ ।

कोशी, मधेशको पूर्वी क्षेत्र, वाग्मतीको अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा मनसुन प्रणाली प्रवेश गरेको महाशाखाले विशेष मौसम बुलेटिनमार्फत जानकारी दिएको हो । नेपालका अन्य भूभागहरुमा केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १६:४२