सूचनाको शक्ति - The Power Of Information

        

वर्षापछि धेरै ठाउँमा राहत

 पानी परेसँगै देशका धेरै ठाउँमा गर्मी घटेको छ । अधिकतम तापक्रम घट्दा गर्मी कम भएको हो ।

दुईतीन दिन यता काठमाण्डौसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै पनि उखरमाउलो गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन ।

अझै एक दुई दिन पश्चिम तराईमा वर्षाको सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार अबको दुईतीन दिनसम्म नै पश्चिम तराईमा तातो हावा लू चल्ने सम्भावना छ ।

पश्चिम तराईबाहेकका ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

कोशी, वाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँको मौसम अहिले आंशिकदेखि सामान्य बद्ली छ ।  नेपालमा अहिले पश्चिमी वायुसँगै भारतको विहारमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार ०९:३१