सूचनाको शक्ति - The Power Of Information

        

‘बाघचाल’का लागि अभिनेत्री खोज्दै दीपक मनाङे

सांसद राजीव गुरुङ (दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका लागि अडिसन आह्वान गरेको छ ।

फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आह्वान गरेको हो । फिल्ममा ‘लाखे’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशन रहनेछ ।

सम्राट नेपाली फिल्म क्षेत्रका द्वन्द्व निर्देशकका रुपमा परिचित छन् । निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने सात जना कलाकारका लागि अडिसन आह्वान गरेको थियो ।

जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ । यो अडिसनमा १५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार १८:०९