सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा आज आम हड्ताल

सुदुरपश्चिम प्रदेशमा सुरु भएको आम हडतालले जनजीवन प्रभावित भएको छ । गेटा अस्पताललाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले यसअघि सार्वजनिक गरेको बिरोध कार्यक्रमको तालिका अनुसार आज सुदूरपश्चिम प्रदेशमा आम हड्तालको आयोजना गरेको हो । जसका कारण नौ जिल्लाको जनजीवन प्रभाबित हुन पुगेको छ ।

काठमाडौंमा समेत बिरोध प्रदर्शन गरेका असन्तुष्ट समूहले आज सो प्रदेश ठप्प पारेका छन् । सो हड्तालका कारण सो प्रदेशका नौ वटै जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन ।

प्रहरीको अनुसार महेन्द्र राजमार्गमा ठुला सवारी साधान चलेका छैनन भने अन्य सहायक मार्ग पनि दुई पाङग्रे सवारी साधान मात्रै छिटफुट रुपमा चलेका छन् । गत २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

त्यसअघि सुदूरपश्चिम भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गेटालाई बिश्वविद्यालय बनाउने घोषणा पनि गरेका थिए । तर, गत जेठ १५ मा सरकारले ल्याएको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरेपछि सुदूरपश्चेमेली नागरिकमा असन्तुष्टि बढेको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतवार ०८:४५