सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
फान्सको पेरिसस्थित रोलाँ ग्यारोमा मंगलबार राति भएको क्वाटरफाइनल खेलमा रुसका कारेन काचानोभलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् ।
काचानोभविरुद्धको खेल जोकोभिचले ४–६, ७–६ , ६–२ र ६–४ को सेटमा जिते । करियरमा किर्तीमानी २३ औंं ग्राण्डस्लाम उपाधिको खोजीमा रहेका जोकोभिचले अब सेमिफाइनलमा स्पेनका कार्लोस अल्कारेजको सामना गर्नेछन् ।
शिर्ष वरियताका अल्कारेजले क्वाटरफाइनलमा पाँचौ वरियताका ग्रिक खेलाडी स्टेफानोस सित्सीपासलाई ६–२, ६–१ र ७–६ को सोझो सेटमा हराए ।
सत्यपाटी संवाददाता । काठमाडौँ