सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका प्राध्यापक रविन्द्र रेग्मी जलेको अवस्थामा मृत भेटिए

नेपालगन्जका प्राध्यापक रविन्द्र रेग्मी मृत अवस्थामा फेला परेका छन् ।  नेपालगन्ज वडा नं १८ का  रेग्मीको रहस्यमय मृत्यु भएको छ ।

हिजो दिउँसो  साढे  २ बजेतिर घरबाट निस्किएका रेग्मीको आज बिहान पूर्व पश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो ।

रेग्मीको मोटरसाइकल सडक छेउँ रहेको र उनको शरिर जलेको अबस्था फेला परेको बताउँदै एक प्रत्यक्षदर्शीले भने, ‘घटना कसरी के भएको होला भन्ने अनुमान गर्न गाह्रो छ ।’

प्रहरीले अहिले  घटनास्थलमा  अनुसन्धानका लागि तालिमप्राप्त  कुकुरसमेत परिचालन गरेको जनाएको छ ।

घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प.८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मीको गए राती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि खोजी सुरु गरिएको थियो ।

मृतक रेग्मीको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १७:५५