ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ ।
यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।
म्यानमारलाई उसकै मैदानमा हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने नेपालको योजना छ । फिफा वरियतामा महिलातर्फ म्यानमार ४७ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ ।
छनोटको दोस्रो चरणमा समुह ‘बि’ मा नेपाल र म्यानमारसँगै चीन र चाईनिज ताइपेइ पनि छन् । चिन विश्व वरियताको १३ औं स्थानमा छ भने चाइनिज ताइपेई ३७ औं वरियतामा छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।
सत्यपाटी संवाददाता । काठमाडौँ