सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा फोहोरको थुप्रोमा बच्चाको शव भेटियो

नेपालगञ्जमा फोहोरको थुप्रोमा बच्चाको शव फेला परेको छ । नेपालगञ्जको टांगा स्टेशन नजिक सडक छेउमा फोहोरको थुप्रोमा ६÷७ महिनाको  बच्चाको शव फेला परेको हो ।

सडक छेउमा थुपारिएको फोहोरमा लिंग पहिचान भइसकेको भ्रुण हत्या गरि फालिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

अवैध सम्बन्धबाट गर्भ बसेपछि भ्रुण हत्या गरिएको आशंका गरिएको छ । प्रहरीले भ्रुण हत्या गर्नेको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १९:००