सूचनाको शक्ति - The Power Of Information

        

इरान र उरुग्वेको सनसनीपूर्ण जित, स्पेन र पोर्चुगल बराबरीमा, यस्तो छ आजको खेलतालिका


काठमाडौं । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा इरानले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ । दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा मोरक्कोका बाउहाडोजले आफ्नै पोस्टमा गोल गर्दा इरानले सनसनीपूर्ण जित हात पारेको हो ।
इरानका इहसन हाजी साफीको प्रहारलाई रोक्ने क्रममा बाउहाडोजले हेडमार्फत रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । दोस्रो हाफमा प्रतिस्पर्धात्मक रह्यो । दुवै टिमले एक अर्काको पोस्टमा आक्रमण गरेका थिए । मोरक्कोका हामिकीले दोस्रो हाफमा गरेको प्रहारलाई इरानका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । त्यसअघि पहिलो हाफमा इरानमाथि हाबी बनेको थियो ।


त्यस्तै प्रतियोगिताको समूह ‘ए’ को खेलमा उरुग्वेले रोमाञ्चक जित हात पारेको छ । उरुग्वेले इजिप्टमाथि १–० को जित हात पारेको हो । उरुग्वेको जितमा जोस जिमिनेजले खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । उनले कार्लोस सान्चेजको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।
लगत्तै इडिन्सन काभानीको प्रहारलाई इजिप्टका गोलकिपर शेनवारीले उत्कृष्ट बचाउ गरेका थिए । यस्तै खेलको अन्त्यतिर इजिप्टका इमरानको प्रहार पनि सफल हुन सकेन । ८७ मिनेटमा काभानीको प्रहार पोलमा लागेको थियो । खेलमा इजिप्टका फरवार्ड मोहमद सलाह मैदान उत्रिएनन् । जितसँगै उरुग्वेले महत्वपूर्ण ३ अंक जोडेको छ । यसअघि समूह एकै खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५–० गोलले हराएको थियो ।


त्यसैगरी समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दै अंक बाढेका छन् । रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । स्पेनका डिएगो कोस्टाले २ गोल गर्दा नाचोले १ गोल गर्न सफल भए ।
क्रिस्टियानो रोनाल्डोले चौथो मिनेटमा गोल गरेर पोर्चुगललाई अग्रता दिलाए । स्पेनका डिफेन्डर नाचोले पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए । डिएगो कोस्टाले २४ मिनेटमा बराबरी गोल फर्काए । लामो पासलाई सदुपयोग गरेका कोस्टाले डिबक्स बाहिरबाट मिहिनेत गरेर बल निकालेर उत्कृष्ट फिनिसिङ गरेका थिए ।


तर पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाए । रोनाल्डोले डिबक्स नजिकबाट हानेको प्रहार स्पेनका गोलकिपर डे गियाको हातबाट फुक्केर जाली चुमेको थियो । ५५ मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दा खेल दोस्रो पटक बराबरीमा आयो ।
उनले क्रसबाट आएको बललाई हुलमुलमा गोलपोस्टको दिशा दिए । ५८ मिनेटमा नाचोले स्पेनलाई अग्रता दिलाए । नाचोले डिबक्स बाहिरबाट हानेको भली सर्टलाई रोक्न पोर्चुगलका गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । तर खेलको खेल सकिन २ मिनेट बाँकी छदा रोनाल्डोले ह्याट्रिक मात्र गरेनन् बराबरी गोल समेत फर्काए ।
रोनाल्डोले डिबक्स बाहिरबाट हानेको फ्रिकिङले सिधै गोलपोस्टको दिशा लिदा खेल ३–३ को बराबरीमा पुगेको थियो । समूह चरणकै रोमाञ्चक मानिएको खेल बराबरीमा सकिएपछि पोर्चुगल र स्पेनले अंङ्क बाढेका छन् । समूहको अर्को खेलमा इरानले मोरक्कोलाई १–० गोलले हराएको थियो ।

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आज हुने खेलहरु :

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०२:०४