सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० जेठ २२ गते सोमवारको राशिफल

२०८० जेठ २२ गते सोमवार, ५ जुन २०२३ । आषाढ कृष्णपक्ष प्रतिपदा तिथि, ७ः४१ बजेपछि द्वितीया । मूल नक्षत्र । चन्द्रराशि– धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् । श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला । लगानीमा जोखिम बढ्ने समय छ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । प्रतिफल प्राप्त गर्न समय लाग्नेछ र उपलब्धिका लागि धेरै समय लाग्नेछ । स्वास्थ्य कमजोर रहनाले यात्रा कष्टपूर्ण हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

खर्च लागे पनि रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला । साथीभाइसँग भेटघाट हुनेछ । तर सरसापटमा केही रकम बाहिरिन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । साथीभाइ टाढिन सक्छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । जिम्मेवारी आए पनि उपलब्धिका लागि समय लाग्नेछ । अरूकै वादविवादमा मुछिनाले समस्या पर्ला । फाइदा सामान्य भए पनि व्यवसाय गर्न समय लाग्नेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । काम रोकिनाले लक्ष्यमा विलम्ब हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खानपान र भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा हुनेछ । आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । तर विगतका कमीकमजोरी बाहिरिनाले विश्वास गुम्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला । अध्ययन नगरी काम थाल्दा खर्च मात्र हुनेछ । सरसापटमा सञ्चित रकम बाहिरिन सक्छ । अर्थअभावले सताउने समय छ । टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ०६:३९