सूचनाको शक्ति - The Power Of Information

        

नेपालले भारतसँग माग्यो १५ वटा मुर्रा भैंसी

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने भएको छ । नेपाल सरकारको आग्रहमा भारत सरकारले १५ वटा मुर्रा भैंसी नेपाललाई दिने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक भारत भ्रमणका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै कृषि तथा पशुसँग सम्बन्धित क्षेत्रमा दुई देशबीच सहयोग आदानप्रदानका सिलसिलामा भैंसी दिन लागिएको जनाएको छ ।

कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका किसानलाई आवश्यक मल उपलब्ध गराउन नेपाल र भारतका सार्वजनिक एवं निजी क्षेत्रको सहभागितामा नेपालमा मल उद्योग स्थापना गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १८:०९