सूचनाको शक्ति - The Power Of Information

        

भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

भारतको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश प्रस्थान गरेका छन् ।

चार दिने भारत भ्रमणका लागि गत जेठ १७ गते भारत भएका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधमण्डलको टोली इन्दिरा गान्धी विमानस्थलबाट स्वदेश फिर्ता हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छिन् । प्रचण्डलाई स्वागत गर्न पनि ज्यमन्त्री लेखीसहित भारतीय विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थलमा पुगेका थिए ।

भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी लेखी ७ जुलाई २०२१ देखि भारतीय विदेश राज्यमन्त्रीको भूमिकामा छन् । भारतीय विदेशमन्त्रीका रुपमा एस जयशंकर कार्यरत छन् ।

प्रचण्डलाई स्वागत र विदाईका लागि भारत सरकारले विशेष सांस्कृतिक झाँकीसहितको टोली पनि विमानस्थलमा पठाएको थियो । प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ दिल्ली प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १७:३१