सूचनाको शक्ति - The Power Of Information

        

पुरुषका लागि ‘ह्याडसम’ टिप्स

पुरुषहरूको छाला महिलाको तुलनामा थोरै कडा हुन्छ, त्यसैले महिला र पुरुषको छालाको हेरचाह पनि फरक–फरक तरिकाले नै गर्नुपर्ने हुन्छ । खासमा सुन्दरताको कुरा गर्दा जहिल्यै महिलाको कुरा मात्र हुने गर्छ ।

तर, आज हामी पुरुषको सौन्दर्यको बारेमा चर्चा गर्नेछौँ । पुरुषले कसरी आफ्नो छालाको ख्याल गर्न सक्छन् त ? त्यसका बारेमा बताउन गइरहेका छौँ । यहाँ केही घरेलु उपायहरु जुन अपनाएर तपाइले आफ्नो अनुहारमा चमक ल्याउन सक्नुहुन्छ ।

बेलुका आधा कप दूधमा दुई–तीन दाना बदाम भिजाएर राख्ने र बिहान मसिनो गरेर पेस्ट बनाउने । उक्त पेस्टलाई सुक्खा छाला भएको ठाउँमा लगाउने । २५ मिनेटपछि सफा पानीले पखाल्ने । यसो गर्दा छालामा चमक ल्याउनुको साथै चाउरीपनलाई पनि कम गर्छ ।

चामलको पिठो

डेड स्किन, ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउनका लागि सातामा कमसेकम दुईपटक स्क्रब गर्नुहोस् । यसले अनुहारमा निखार ल्याउनुका साथै छाला पनि ताजा गराउँछ ।

पुरुषका लागि चामलको पिठोले स्क्रब गर्नु उपयोगी हुन्छ । यसका लागि मन तातो पानीमा बेसन मिसाएर पेस्ट तयार पारेर यसले अनुहारलाई सफा गर्नुहोस । एक चम्चा मह तलबाट माथितर्फ लगाई आधा घण्टापछि सफा गर्नुहोस् ।

जौको पिठो

जौको पिठोले अनुहारलाई गोरो, चम्किलो र छालालाई कोमल बनाउन मद्दत गर्छ । तपाईं जौको पिठोबाट फेस प्याक तयार गरेर लगाउन सक्नुहुन्छ ।

यसका लागि जौको पिठो र महको गाढा पेस्ट बनाएर अनुहार वा तपाईंले चाहेको अंगमा लगाउनुहोस् । यो पेस्ट सुकेपछि त्यसमाथि दहीको लेपन लगाई करिब ३० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।

गोलभेंडा

अचारका रूपमा प्रायः हरेकको घरमा पाइने गोलभेंडा अर्थात् टमाटरले अनुहारमा आएको चिल्लोपना तथा कालो दागलाई हटाउन प्रयोग गर्न सकिन्छ ।

रातो गोलभेंडालाई लेदो बनाएर त्यसलाई पूरै अनुहारमा लगाउने र १५ मिनेटसम्म यत्तिकै राख्ने । त्यसपछि, चिसो पानीले मज्जाले पखाल्ने । यसो गर्दा अनुहारको चिल्लोपना तथा कालो दाग क्रमिक रूपमा हटेर जान्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १०:१०