सूचनाको शक्ति - The Power Of Information

        

कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ?

हिन्दु परम्परा अनुसार हाम्रो दैनिकी र वास्तुले जीवनमा धेरै असर गर्ने बुझिन्छ । हामीले लगाउने कपडा, रंग, वरपरका सामाग्री, हमीले सुत्ने विस्तारा लगायत चीजहरु वास्तु आुसार मिलाएर राख्ने र प्रयोग गर्ने गरे धेरै फाइदा हुने वास्तु सास्त्रीहरुको भनाइ छ ।

पहिलो दिन अर्थात् आइतबार सुन्तला रङको, सोमबार सेतो, मंगलबार रातो, बुधबार हरियो, बिहीबार पहेँलो, शुक्रबार गुलाबी वा सेतो, शनिबार खैरो वा निलो पहिरन लगाउन वास्तु विज्ञ बिन्दु शाङ्गरीले सुझाव दिएकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो सेयर गरेर कुन दिन कुन रंगको पहिरन लगाउने भन्ने बारे जानकारी दिएकी हुन् । उनका अनुसार यी सबै रंगहरूले जीवनमा रंग थप्न काम गर्नेछ । यसरी बार अनुसारको रंगको पैयोगले जीवनमा सकारात्मकता, खुशी, शान्ति र समृद्धि ल्याउनेछ ।

यो ‘कलर थेरापी’ अपनाए मन पनि शान्त रहने उनी बताउँछिन् । ‘यदि तपाई लामो समयदेखि तनावमा हुनुहुन्छ भने हरियो रंग लगाउनाले खुशी मिल्छ । यसले तपाईको मुडलाई सुधार्छ, तपाईले रातो रंगको थेरापीबाट मानसिक शान्ति पाउनुहुनेछ र यसले रक्त कोशिकाहरूमा पनि राम्रो प्रभाव पार्छ,’ उनले भनिन् ।

अर्कोतर्फ, पहेँलो रङ लगाउनाले तपाईको बुद्धिको विकास हुन्छ, तपाईलाइ चनाखो बनाउँछ । उनले भनेकी छन्, ‘नीलो रंगको पहिरनले मनमा हुने उथलपुथललाई शान्त गराउँछ । यो रंग धेरै चिसो मानिन्छ । सेतो रंग शान्तिको प्रतीक हो । गुलाबी रंगले आँखालाई शीतलता दिन्छ, यसले तपाईंको मनमा प्रेम र दयाको संचार प्रदान गर्दछ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०९:५५