सूचनाको शक्ति - The Power Of Information

        

नेपालले टस हार्यो, ईश्वरीको डेब्यू

नेपालले तेस्रो महिला टि२० आई खेलमा मलेसियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

केहि समय अघि सम्पन्न टसमा मलेसिया कप्तान मास एलिसाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।

बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टलाई नेपाली क्रिकेट टोलीमा डेब्यू दिएको छ । नेपालले सरस्वती कुमारी चौधरीको स्थानमा ईश्वरीलाई डेब्यू दिएको हो ।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने ईश्वरी बायाँ हाते तीव्र गतिकी बलर हुन् । नेपालको बेन्चमा सरस्वती, अप्सरी बेगम र कृतिका मरासिनी छन् । पाँच खेलको महिला टि२० आई सिरिज १–१ को बराबरीमा छ ।

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । नेपाल र मलेसियाबीच कुल ५ महिला टि२० आई खेल भएका छन् । नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।

चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ।

नेपालको प्लेइङ ११ :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विषट र ज्याति पाण्डे ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०९:४५