सूचनाको शक्ति - The Power Of Information

        

के सेक्सले मोटाइन्छ ?

विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महशुस पनि गर्नुभएकै छ होला ।

स्तनको आकार बढ्नुका साथै गुप्तांगमा फरकपन पाउनुभएको होला । बिहेपछि कतिपय साथीभाइले मोटाएको जिस्काउने गर्छन्, तर, के साँच्चिकै सेक्सले नै तौल बढेको हो त ?

  • सेक्सले नै तौल बढेको हो भन्ने सोच्दै हुनुहुन्छ भने त्यो गलत हो । सेक्स र तौलको कुनै सम्बन्ध हुँदैन । सेक्स आफैँमा एउटा व्यायाम हो । यसले क्यालोरी घटाउँछ । तर, विवाहपश्चात् सेक्स हर्मोेन असन्तुलित हुने गर्छ, जसले गर्दा तौल बढ्छ ।
  • विवाहपश्चात् खानपान, सुत्ने–उठ्ने समयलगायत दैनिकी जीवनशैली परिवर्तन हुन्छ । यसले हर्मोन असन्तुलन गराउँदा मोटोपन बढ्छ ।
  • एक अनुसन्धानका अनुसार विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको उल्लेख गरिएको छ ।
  • फिमेल हर्मोनको तुलनामा पुरुषहरूको शुक्राणुहरू कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्क हुन्छ, यसमा एस्ट्रोजोनको मात्रा बढ्छ । पुरुषमा मोटोपन बढ्न थाल्छ ।
  • विवाहपश्चात् जोडी सन्तुष्ट हुन्छन् । सन्तुष्टि र चिन्ताले जाँगर घट्ने कारणले पनि मोटोपना बढेको हुन सक्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १७:३०