सूचनाको शक्ति - The Power Of Information

        

वास्तविक स्रोत आकलन नगरी ठूलो बजेट

अर्थमन्त्री प्रकाशशरण महतले राजस्व असुलीको वर्तमान अवस्थालाई बेवास्ता गर्दै स्रोतमा ध्यान नदिएर ठूलो आकारको बजेट ल्याएका छन् ।

महतले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजस्व असुलीको अनुमान ज्यादै उच्च राखिएको छ ।

अर्थमन्त्री महतले १४ खर्ब २१ अर्ब रुपैयाँ राजस्व उठाउने भनेका छन् । यसमध्ये १२ खर्ब ४८ अर्ब रुपैयाँ केन्द्रीय बजेटका लागि हो भने एक खर्ब ७३ अर्ब राजस्व बाँडफाँडबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने हो ।

अर्थमन्त्री महतले यो वर्ष ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व असुली हुने दाबी गरेपनि अहिलेसम्मको अवस्थाले अधिकतम साढे ९ अर्ब रुपैयाँमात्र असुली हुने देखिन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार ०७:३४