म पढिरहेको थिएँ
समयको कठोरतम लय पगाल्ने कविताका
ससाना पङ्त्तिहरु
उक्ति, मिथक र संस्कृतिक बिम्बहरू
फैज, नाजिम र ब्रेख्तका
मधुर लाक्षणिक प्रक्षेपण
नेपाली माटोमा आगो बाल्ने
पारिजातका फूलहरु सबै निभ्न लागेका
आगोका ज्वालाहरु समसि सुकेको कलमका
नीवहरुका नीला अक्षर
गणतन्त्रको चँदुवामुनी
बुट पालिसका काला हातहरुबाट
उँड्दै गएको रातो रोगन
र निभ्न थालेको मनको आगो
अस्ताउँदा घाम मानिसहरु देख्छन सपना
उदाउँदा घाम मानिसहरु काँप्छन थरथरी
स्वाधीनता र पराधीन सत्ताको जन्जीरमा
बाँधिएको सुदूर वसन्त
अवोध हेरिरहन्छ भोको बालकले झैँ
एक ढाकर रेमिट्यान्स बोक्ने
निमुखो भरिया
रेशम विरही । बरिठ पत्रकार तथा साहित्यकार