सूचनाको शक्ति - The Power Of Information

        

उपमेयर छात्रा क्रिकेट : जनज्योती, त्रिभुवन, सगरमाथा र साइनिङस्टार सेमिफाइनलमा भिड्ने


बाँके । कोहलपुरमा जारी प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिताको छनोट चरणका खेलहरु सकिएका छन् । जेठ २६ गतेबाट सुरु भएको प्रतियोगितामा नगरभित्रका १२ टिमले सहभागीता जनाएका थिए । ति मध्येबाट ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन् ।
जस अन्तरगत ग्रुप ए को समुह बिजेता हुँदै जनज्योती सेमिफाइनलमा पुगेको हो भने ग्रुप सि मा रहेको त्रिभुवन मावि पनि समुह बिजेता भएको छ । प्रतियोगिमा यसअघि नै ग्रुप बिजेता हुँदै सगरमाथाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो भने बिहिबार सम्पन्न खेलमा जित निकाल्दै साइनिङ स्टार सेमिफाइनलमा लागि छनौट भएकोे हो ।
कृष्ण माविलाई ६ रन अन्तरले पराजित गर्दै साईनिङ स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । बिहिबार बिहान भएको खेलमा टस जितेर पहिले मैदानमा उत्रिएको साइनिङ स्टारले ५१ रन जोड्न सफल भएको थियो । वर्षाका कारण ७ खेल ७ ओभरमा झारिएको थियो । ५२ रनको झिनो लक्ष्य पाएको कृष्ण मा.वि. ले मौकाको सदुपयोग गर्न सकेन ।
कृष्ण माविका कुनैपनि खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । कृष्ण माविको ब्याटिङ लाइन धारासायी बनाउने क्रममा साइनिङ स्टारका बलरहरु श्रीसा सिंह ठकुरीले २ विकेट लिएकी थिइन् भने अनुशा विक र धामीले समान एक–एक विकेट लिएका थिए । प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) सेमिफाइनल चरणका खेलहरु हुने भएका छन् ।
भोली बिहान जनज्योती र सगरमाथाबीच पहिलो खेल हुनेछ भने सगरमाथा र त्रिभुवनले फाइनल चरण प्रवेशका लागि प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल असार ३ गते खेलाइने भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार ११:१२