सूचनाको शक्ति - The Power Of Information

        

यौन के हो ? बदिलँदै सोंच र सम्बन्ध

बद्लिदो समयसँगै आज केवल मान्छेको सम्बन्ध मात्र बद्लिएको छैन । यौन सम्बन्धलाई लिएर मान्छेको सम्बन्ध र सोंच पनि बद्लिदैछ ।

सन् २०१५ मा अमेरिकाका सैन डियागो युनिभर्सिटीका प्रोफेसर जीन एम ट्वीगले एक रिसर्च पेपरमा भनेका थिए सन् १९७० देखि २०१० सम्म अमेरिकामा धेरै हदसम्म मान्छेले विवाह नगरी यौन सम्बन्धलाई स्वीकार्न सुरु गरेका थिए ।

अहिलेका नयाँ पिढीं विवाहपछि मात्र यौन सम्बन्ध राख्नुपर्छ भन्ने पुरातन धारणामा विश्वास गर्दैनन् । उनीहरु यौनलाई अनेक सीमा र सर्तभित्र खुम्च्याउन चाहँदैनन् । पार्टनरसँग राजीखुसीले सुरक्षित सम्बन्ध राख्न कुनै रोकटोक नहुने धारणा राख्छन् ।

यसलाई न उनीहरु विकृति मान्छन्, न पाप । अहिले त महिला पुरुष मात्र होइन, पुरुष र पुरुष वा महिला र महिलावीचको अन्तरंग गतिविधिलाई पनि स्विकार्न थालिएको छ । जति जति यौनप्रति मान्छेको सोच बद्लिदैछ, उत्तिनै गे र लेस्बियन सम्बन्धलाई पनि स्विकार गर्न थालिएको छ ।

त्यसैगरी आज पोर्न हेर्ने प्रवृत्ति पनि बढेर गएको छ । जानकारहरु त के सम्म भन्न थालेका छन् भने भविष्यमा यौन अरु बढी डिजिटल र सिन्थेटिक हुनेछ । त्यती मात्र होइन, यौनका अरु नयाँ नयाँ तरिका पनि खोजिनेछ ।

सन् १९६० देखि २०१७ सम्ममा मान्छेको औसत आयु करिब २० बर्षले बढेको छ । अमेरिकी जीव वैज्ञानिक र भविष्यवादी स्टीवेन अस्टाडका अनुसार आउने समयमा मान्छे १५० बर्षसम्म बाँच्न सक्नेछन् । यति लामो जिन्दगीमा केवल एक मात्र सेक्स पार्टनरसँग जिन्दगी गुजार्न संभव होला ? जे होस्, समयसँगै मान्छेको यौन जीवनमा परिवर्तन आएको छ ।

यसको सुरुवात भइसकेको छ । ठूला शहरमा यसको दृष्टान्त स्पष्ट देखिन्छ । दम्पतीबीच यौनकै निहुँमा सम्बन्ध विच्छेद भएको घटनाको चाङ छ । सन् २०१३ मा भएको एक सर्वे अनुसार अमेरिकामा हरेक दशमा चौथो जोडीको दोस्रो वा तेस्रो विवाह हुन्छ । आगमी दिनमा प्रतिबद्धता र वैवाहिक जीवनलाई लिएर नयाँ तौरतरिकाहरु आउन सक्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:५९