सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला अदालतले छाडेको मल्ललाई उच्चबाट चार वर्ष कैद सजाय

उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ ।

जिल्ला अदालतले मल्ललाई दोषी ठहर गरे पनि ६ महिना मात्रै कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले आइतबार मल्ललाई चार वर्ष कैद सजाय निर्धारण गरेको हो ।

न्यायाधीशद्वय राजेन्द्र घिमिरे र जगदीश खरेलको इजलासले सवारी ज्यान मुद्दामा मल्ललाई कसुरदार ठहर गर्दै यसअघि गरेको ६ महिना कैदको फैसला बदर गर्दै सजाय थप गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बूढानीलकण्ठको हिट एन्ड रन मुद्दामा पृथ्वी मल्ललाई मादकपदार्थ सेवन गरी सवारी चलाएर लापर्बाहीपूर्ण रूपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर त गरेको थियो तर, मागदाबीभन्दा अघि बढेर अर्कै दफामा टेक्दै ६ महिना कैद हुने फैसला सुनाएको थियो ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०७:४६