सूचनाको शक्ति - The Power Of Information

        

मुगु-काठमाडौँ बस सेवा सुरु, रारा पुग्न सहज

मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी–काठमाडौँ सिधा बस सेवा सुरु भएको हो ।

क्षेत्रीय कार्यालय नेपालगन्ज रहेको भेरी यातायात र बागेश्वरी यातायातले संयुक्त रूपमा गमगढी बजारमा कार्यालय स्थापना गरी शुक्रवार विधिवत् रूपमा उद्घाटन गरेका छन् ।

यी यातायतले अब गमगढीदेखि सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्नेछन् । मुगु २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए ।

राजधानीसँग सिधै बस सेवा सुरु भएसँगै नेपालकै ठुलो ताल रारा र हिन्दुहरूको पवित्र तीर्थस्थल छायानाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०७:२४