सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

कोशी र मधेस प्रदेशको तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

भोलि आइतबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०६:४७