सूचनाको शक्ति - The Power Of Information

        

उत्तरी इटालीमा बाढीका कारण आठजनाको मृत्यु

उत्तरी इटालीको इमिलिया–रोमाग्ना क्षेत्रमा भारी वर्षाको कारण कम्तीमा आठजनाको मृत्यु भएको छ । हजारौंलाई विस्थापित भएको अधिकारीहरूले भनेका छन्।

बुधबारको बाढीका कारण इमोलामा आइतबार हुने भनिएको फर्मुला वान इमिलिया रोमाग्ना ग्रान्ड प्रिक्स रद्द भएको छ ।

नागरिक सुरक्षामन्त्री नेलो मुसुमेचीले भने– “केही क्षेत्रहरूमा ३६ घण्टामा औसत आधा वर्षा भएको थियो, जसले नदीका किनारहरू फुटेको थियो, सहरहरूमा पानी पसेको थियो र हजारौं हेक्टर खेतबारी डुबानमा परेको थियो।”

मुसुमेचीले करिब ५० हजार मानिस बिजुलीविहीन रहेको बताए ।

बाढी क्षेत्र वरपर आठ शव निकालिएको छ, इमिलिया–रोमाग्नाका उपाध्यक्ष इरेन प्रियोलोले पत्रकारहरूलाई भने । वर्षा कम भइरहेको छ तर नदीको सतह अझै बढिरहेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार ०८:३१