सूचनाको शक्ति - The Power Of Information

        

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ ।

उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् ।

चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगीले प्रतिस्पर्धा गर्नेछन् ।

टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोलाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

दर्शकले खल्ती एपबाट प्रतिस्पर्धीलाई भोट गर्न सक्ने भएका छन् । कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीबाट प्रसारण हुँदै आएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १७:५२