कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आफ्नै रेकर्ड तोड्दै कामीरिताले बुधबार बिहान सगरमाथाको २७औं पटक सफल आरोहण गरेका हुन् ।
एक जना विदेशी आरोहीलाई लिएर शेर्पा आज बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरगाईँले जानकारी दिए ।
यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।
सत्यपाटी संवाददाता । काठमाडौं