सूचनाको शक्ति - The Power Of Information

        

लामो दूरीको गाडी भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाइएको छ । डिजेलको मूल्य घटेसँगै सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा पनि घटाएको हो ।

अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३.२ प्रतिशतले घटेको छ । सार्वजनिक यतायातको भाडा समायोजन गर्दा बजार मूल्यमा ५ प्रतिशतभन्दा तलमाथि भएमा स्वचालित रुपमा भाडा दर तोकिने व्यवस्था गरेको छ ।

हालको भाडादर गत असारमामा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । डिजेल १७ रुपैयाँले घटी १५५ रुपैयाँ कायम भएको छ । यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:२६