नेपाल राष्ट्र बैंकले आज जेठ २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९८ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ २९ पैसा र बिक्री दर १६५ रुपैयाँ ०४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
सत्यपाटी संवाददाता । काठमाडौँ