आइतबाररातिको वर्षापछि आएको बाढीले अवरुद्ध विपी राजमार्ग खुलेको छ ।
विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।
सडकको लेदो हटाएर सडक खुलेको प्रहरीले जनाएको छ ।
कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ । लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको उनले बताए ।
सत्यपाटी संवाददाता । काठमाडौँ