सूचनाको शक्ति - The Power Of Information

        

गएको १२ घण्टामा देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा

गएको १२ घण्टामा धेरै ठाउँमा वर्षासँगै हावाहुरी चलेको छ ।

हुरीले पुर्याएको क्षतिको विवरण आएको छैन । तर, कतिपय ठाउँमा जस्ताका टहरा भत्किएका छन् । मौसमविद् रोजर लामिछानेकाअनुसार गएको १२ घण्टामा पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा वर्षा भएको छ ।

यस्तै, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि हावाहुरीसहित वर्षा भएको छ । कर्णालीका एक/दुई ठाउँमा पनि पानी परेको छ । मौसमविद् लामिछानेका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो ।

नेपालमा मोखा नामक चक्रवातको असर नपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार मोखाको असर नेपालमा पर्ने सम्भावना छैन । तर, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार ०७:३३