नेपाल प्रहरीमा डिएसपी पदमा ४४ दरबन्दी खाली भएको छ । रिक्त पदमा इन्सपेक्टरहरूको दौडधुप सुरु भएको छ । बढुवामा २०७० सालमा भर्ना भएका इन्सपेक्टरहरू प्रतिस्पर्धामा छन् । जुन टोलीमा १४८ जना छन् ।
गत साउनदेखि नै डिएसपीका पद रिक्त भए पनि ठूलो टोली भएकाले बढुवा नगरी रिक्त राखिएको थियो । ४४ पदमा १४८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । तर, डिएसपीबाट एसपी बढुवा गर्दा २२ पदमा वरियताअनुसार २२ भित्र पर्नेलाई मात्र गरिएको थियो ।
इन्सपेक्टर बढुवामा पनि त्यस्तै गर्ने प्रहरी नेतृत्वको तयारी छ । तर, यसो गर्दा कार्यसम्पादन मूल्याङकनको कुनै अर्थ नहुने आवास पनि उठेको छ । वरियता मात्र हेरेर एसपीमा बढुवा गर्दा विगतमा पछि पारिएका कतिपय काबिल छुटेका छन् भने पटक पटक कारबाही भोगेकाहरु भने पुरस्कृत भएका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं