सूचनाको शक्ति - The Power Of Information

        

ए डिभिजन लिगमा दुवै खेल बराबरीमा सकियाे

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतवार भएका दुवै खेल बराबरीमा सकिएकाे छ ।

ललितपुरकाे च्यासल मैदानमा भएको खेलमा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले २–२ गोलको बराबरी खेलका छन् । २ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अङ्क बाड्न बाध्य भयो ।

जावलाखेलका एनकोटो मोसाबीले ३३ मिनेटमा र हिसुब थपलियाले ७५ मिनेटमा गोल गरेका थिए । तर मनाङका भीषण गुरुङले ८० र सुमित श्रेष्ठले ९० मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए ।

याे बराबरीसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा कायमै छ । २२ अङ्क रहेको मनाङ सातौँ स्थानमा छ ।

यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबले पनि २–२ गोलको बराबरी खेलका छन् ।

याे बराबरीसँगै फ्रेन्ड्स २० अङ्कसहित ‘रेलिगेशन जाेन’ बाट उठ्न सफल भएको छ । फ्रेन्ड्स ११ औँ स्थानमा छ । एनआरटी २२ अङ्कसहित आठौँ स्थानमा छ ।

१४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका दुई वटा टोली रेलिगेशन जाेनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १८:४२