सूचनाको शक्ति - The Power Of Information

        

सांसदहरूले भड्किलो पोसाक लगाएर संसद्‍मा जान नपाउने

संसद्को मर्यादा कायम राख्न सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् ।

आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति भएको हो । अब सांसदहरूले टिसर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने भएका छन् ।

समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्ने सहमति भएको हो ।

कार्यव्यवस्था बैठकमा विषयगत समितिको पहिलो बैठक शीघ्र राख्ने बारेमा सहमति भएको छ । समिति यसअघि नै गठन भएका छन भने समितिको सभापतिको निर्वाचनको मिति तोकिएको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १८:३२