सूचनाको शक्ति - The Power Of Information

        

पूर्व प्रेमीलाई भेट्न महिलाले गरिन् अनौठो हर्कत

मान्छे सबै मायामा गर्छन् । उनीहरू जुनसुकै हदसम्म जान सक्छन् । हामीले र तपाईँले धेरै पटक यसको उदाहरण देखेका छौँ । यस्तै एउटा घटना अस्ट्रेलियाको पनि छ, जहाँ एक महिलाले आफ्नो पूर्व प्रेमीलाई भेट्न अनौठो कुरा गरिरहेकी छिन्, जसका कारण सहरका मानिसहरू पनि त्रसित छन् ।

ती महिलाले आफ्ना पूर्व प्रेमीलाई भेट्न सहरका सबै भित्तामा सन्देश लेख्दै उनलाई भेट्न अपिल गरिरहेकी छिन् । ती महिलाले पार्क, सार्वजनिक बाथरुम, बार्बेक्यु र फ्र्याङ्क टाउन, अस्ट्रेलियाको लगभग हरेक भित्तामा सन्देश लेखेकी छिन् कि कृश बेबी यो संसारमा आउनुअघि तपाईँले मसँग कुरा गर्न आवश्यक छ । त्यसपछि चिन्ता लिनुपर्दैन ।

यी महिलाले लेखेको सन्देशको तस्बिर शेयर गर्दै मानिसहरूले सामाजिक सञ्जालमा लेखेका छन् कि कृश, उनले पूरै सहर बिगार्नुअघि उनीसँग एक पटक कुरा गर । तर, यी म्यासेजपछि पनि कृशले ती महिलासँग सम्पर्क गरेका छैनन् । तर ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । ३६ वर्षीय महिलामाथि जानाजानी सार्वजनिक सम्पत्तिमा क्षति पुराएको अभियोग लगाइएको छ । उनी हाल धरौटीमा छुटेका छन् ।

कृशकी यो रहस्यमय प्रेमिकाले विद्यालयबाट केही समयपछि खाली बियरको बोतल नजिकै सन्देश पनि लेखिन् । यी सन्देशहरू हेरेपछि मात्र कृशले आफ्नी पूर्व प्रेमिकालाई भेट्न सक्छन् भन्ने आशामा स्थानीय मानिसहरूले यो सन्देश सोसल मिडियामा सेयर गरेका छन् । मेसेज सेयर गर्ने पिटर बुरोसले आफ्नो पूर्व प्रेमीसँग भेट्ने महिलाको आइडिया निकै हास्यास्पद भएको बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ यो एकदमै हास्यास्पद छ, यद्यपि सबै ठाउँमा यस्ता मेसेज धेरैले मन पराउँदैनन् ।’ अहिले धेरैजसो मानिस कृश को हुन् र किन यतिधेरै म्यासेज आए पनि उनी आफ्नो पूर्व प्रेमिकालाई भेट्दैनन् भन्ने जान्न उत्सुक छन् । यस्तो देखिन्छ कि कृशले यी केटीसँग ब्रेक अप गरे । यी महिला कृशको सन्तानकी आमा बन्न लागेकाले दुःखमा परेर यस्ता काम गरिरहेको बताएकी छिन् । महिलाको गिरफ्तारीपछि एक प्रयोगकर्ताले फेसबुकमा लेखे, ‘अब म जान्न चाहन्छु कि यो कृश को हो ?’

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतवार १३:०२