त्रिभुवन राजपथ अन्तर्गत धुनिबेँसी नगरपालिका–९ गणेशस्थानमा शनिबार (आज) दिउँसो गुडिरहेका बसमा आगलागी भएको छ ।
धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको बस धुनिबेँसी नगरपालिका ९, कानाकोटमा आइपुग्दा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
तर बसमा सवार सबै ३३ यात्रु सकुशल रहेको उनले बताए । बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबाट बसका सिट भने जलेर नष्ट भएका छन् । धुनिबेँसी नगरपालिकाको दमकल र स्थानीयले आगो निभाएका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं