सूचनाको शक्ति - The Power Of Information

        

अब २४ सै घण्टा एम्बुलेन्स निःशुल्क

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

मेयर शाहले आज (शनिवार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौंभरी निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।

उनले १०२ मा कल गरेर सो एम्बुलेन्स सेवा प्रयोग गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘काठमाडौं भरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १४:२०