सूचनाको शक्ति - The Power Of Information

        

पेस्तोल सहित तीन पक्राउ, हातहतियार तथा खरखजना मुद्दा चलाइने

पेस्तोलसहित नेपालगन्जमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दियास्थित बाँसगढी नगरपालिका-८ का २८ वर्षीय सुमन रिजाल, गेरुवा गाउँपालिका-५ का ३२ वर्षीय सागर शाह र कोहलपुर नगरपालिका-९ का २९ वर्षीय धर्म पुनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्जको धम्बोझी नजिक सुर्खेतरोडमा रहेको एक डान्सबारबाट निस्किँदै गर्दा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोलीसमेत बरामत भएको छ । उक्त हतियार स्वचालित भएको बताइएको छ ।

साथै प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको बा ११ च ८०० नम्बर कार, १७.५ मन्च लामो खुकुरी समेत बरामद गरेको जनाएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ । मुलुकी अपराध (संहित) ऐन, २०७४ को दफा १३२ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सुमन यसभन्दा अघि ज्यान मार्ने उद्योग मुद्दामा गत भदौ पक्राउ परी धरौटी तारेखमा छुटेका थिए, भने धर्म पनि २०७४ फागुन १८ गोली हानी ज्यान मार्ने उद्योग गरेको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल फरार रहेर पछि अदालतबाट धरौटी तारेखमा छुटेको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार २०:१०