सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० वैशाख २७ गते बुधवारको राशिफल

२०८० वैशाख २७ गते बुधवार, १० मे २०२३ । ज्येष्ठ कृष्णपक्ष पञ्चमी तिथि, १५ः३२ बजेपछि षष्ठी । पूर्वाषाढा नक्षत्र, १८ः०४ बजेपछि उत्तराषाढा । चन्द्रराशि– धनु, २३ः४१ बजेपछि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिगो काम प्रारम्भ गर्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारी काम गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय छ, व्यवसायमा मिहिनेत गर्नुहोला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । आफ्ना काममा अरूको भरपर्दा गोपनीयता बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । श्रम परे पनि पछि फाइदा हुने काम बन्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । छिद्र खोतल्नेहरूले दुःख दिनेछन्, योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । आफ्नो उपलब्धि र अधिकारका लागि अलि सजग रहनुपर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

लक्ष्यअनुसार काममा जुट्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । तर आलस्य त्यागेर मिहिनेत गर्दा लाभ उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । तर सहयोगीको भरपर्दा काम बिग्रन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला । अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ । तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ । व्यापारमा आम्दानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा भने सावधान रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन् । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला । दिगो योजनामा हातहाल्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा पनि लगानी बढाउनुपर्ला । आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउला । विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन् । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ । दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार ०६:३५