सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी मुलुकको पहिलो बौद्ध आनीको निधन

पश्चिमी विश्वका पहिलो बौद्ध आनी मानिनुभएकी कर्मा डोल्मा त्सुल्ट्रिमको एक सय वर्षको उमेरमा निधन भएको छ ।

उहाँको फ्रान्सका डोर्डोग्नेमा सोमबार निधन भएको हो ।

यान ले टूमेलिन गृहस्थ नाम भएको उहाँ वरिष्ठ चित्रकार समेत हुनुहुन्छ । सन् १९६७ मा सिक्किम गएर उहाँले रेन्गजुङ्ग रिग्पा र्डोजीबाट बज्रयानी बौद्ध परम्पराबाट दिक्षित भएपछि आनी जीवन ग्रहण गर्नु भएको थियो ।

निग्मा रिमे परम्पराका प्रसिद्ध वज्रयानी बौद्ध गुरु दिलगो खेत्से रिम्पोछेका उहाँ निकट शिष्य समेत हुनुहुन्थ्यो । वज्रयानी बौद्धधर्म र परम्परालाई फ्रान्स लगायत पश्चिमी विश्वमा फैलाउन उहाँको ठूलो योगदान रहेको छ ।

उहाँ फ्रान्सेली प्रसिद्ध वैज्ञानिक एवं बौद्ध भिक्षु माथ्यु रिचार्ड आमा हुनुहुन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार १९:४३