सूचनाको शक्ति - The Power Of Information

        

समय–सन्दर्भ

आहा ! मेयर हर्क साम्पाङ्गको दुरदर्शीता

सुकिला मुकिला धेरै हेरियो अब देश बनाउँछ त केवल धुस्रेफुस्रेले ढुक्क हुनुस् पसिनाको गन्ध मीठो र प्यारो लाग्न थालेको छ, धराने जनतालाई ।

अहिले नेपालमा धरान शहरको नाम चर्चामा छ । कारण हो ! हर्क साम्पाङ्ग यतिमात्र होइन त्यहाँका जनता पनि धेरै सचेत हुनु हुँदोरहेछ । सलाम सबै जनालाई देशप्रेमी, प्राकृतिक प्रेमी, मानवता प्रेमी, समाज प्रेमी, संस्कृतिक प्रेमी, खुद आफ्नो बलमा चल्ने विकासका कामहरु, समाज सुधारको काम गर्ने, आफ्नु बोलीमा अडिग रहने महान हर्क । जनतालाई खुशी बनाउनु नै विकास हो, सबै अग्रजहरुको आशीर्वाद मिलोस् हाम्रो मेयरलाई । जसले गर्दा सधैं धरानको नेतृत्व गरिरहन उर्जा मिलिरहोस् ।

चिल्लो सडकमा जनता रोइरहे त्यसलाई विकास भनिन्न । यो कार्यक्रमले निरन्तरता पाओस् शुभकामना नेता होस् त धरानको मेयर साब हर्क साम्पाङ जस्तो होस् । यहाँ आफ्नो स्वार्थ र जितको लागि जात जातिमा बिभाजन गरेर एकआपसमा लडाउँदै गरेको बेला यस्तो एकता अनि समृद्धिको थालनी नै नयाँ युगको सुरुवात हो । सलाम धरान नबनुन्जेल धरानको प्रधानमन्त्री बनेर काम गर्नुहुनेछ । धरान बनिसकेपछि देशको प्रधानमन्त्री बनेर देश बनाउनुहुनेछ मेयर साप ! सम्मान सदैव ।

जनतालाई कसरी सधैं खुशी बनाउन सकिन्छ भनेर सोच्ने नेता मेयर हर्क साम्पाङ्ग सलाम छ जेष्ठ नागरिकहरुप्रति गरिएको माया सम्मान एकदमै राम्रो छ, वहाँहरुले पनि मनोरञ्जन गर्नु पाउने वातावरण सबै ठाउँमा यसरी नै पहल गरियोस् सलाम मेयर साब नेपालमा हजुर जस्तो देशभक्त मान्छेहरुको खाँचो छ । कति दुरदर्शीता आहा मेयर सावको हरेक कामप्रति उच्च सम्मान । मेरो जुन देशमा वृद्धवृद्धाहरूको मुहारमा मुस्कान हुन्छ त्यो देशलाई समृद्ध छ भनेर आँकलन गर्न सकिन्छ ।

विकासको मापन भौतिक संरचनाको बाटाघाटा भवन मात्र गरेर पुग्दैन । समाजका नागरिकहरूको समग्र खÞुशी पनि त्यो स्थानको विकास मापन गर्ने एउटा माध्यम हो । धरानको स्थानिय सरकारले चालेको यो कदम देशब्यापी हुनु जÞरूरी छ, धरानका मेयर साबको यो भिजन अत्यन्त अनुकरणीय छ । धरानको यो मोडल सबै नगर तथा गाउँपालिकाहरूले एडप्ट गर्न जÞरूरी छ । ज्येष्ठ नागरिकहरुलाई भत्ता दिनु मात्र ठूलो कुरा होइन । यसरी सानो सानो कुराले पनि ठूलो ठूलो खुशी दिन सक्नु नै उहाँहरुप्रतिको वास्तविक सम्मान हो ।

मेयर साबको यो कार्य र अवधारणा साह्रै मुनासिब छ । आगामी दिनमा पनि यसरी नै यो कार्यक्रमले निरन्तरता पाइरहोस् । बुबा आमाहरुको मुहारमा प्रफुल्ल मुस्कान छाइरहोस् । हर्क साम्पाङजस्तै काम गर्नुपर्छ भन्ने हजारौं जना नेपाल आमाका छोरा एकै ठाउमा संगठित हुने हो भने देशले दुई–चार बर्षमै मुहार फेर्थ्यो । अरु देशका नागरिक हाम्रो नेपाली भाषा सिकेर नेपाल कमाउन आउथे होला । प्रशंसामा धेरै नफुर्किनु होला मेयर साप ! यहॉं त मुखमा रामराम बगलीमा छुरा बढी हुन्छ ।

प्रशंसा वा आलोचनाभन्दा माथि उठेर आफ्नो लक्ष्यमा मात्र ध्यान दिनुभयो भने तपाईको सफलता अवश्य दिगो हुनेछ । जनताले अति सहन्छ अत्याचार सहदैन । यो त कास्टिङ्ग मात्रै हो । फिल्म रिलिज हुनुअघि सबै सच्चिनुपर्छ । हो अब धरान विकास विरोधी केही जनप्रतिनिधिहरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाई भानु चोकमा खडा गरी विदाई गरेको हेर्न धोको छ ! सुकिला मुकिला धेरै हेरियो अब देश बनाउँछ त केवल धुस्रेफुस्रेले ढुक्क हुनुस् पसिनाको गन्ध मीठो र प्यारो लाग्न थालेको छ, धराने जनतालाई ।

यो सकारात्मक कुरा हो । सुतेको देशले आँखा उघाएको छ, अब हजुरले डोर्याउदै प्रगतिपथमा लम्काउनु छ । कोहि भात खायो भनेर मुद्दा हाल्छ कोहि विधि पुगेन भनेर पालिकामा आउँदैन, यो कालो रातलाई चिर्न निकै गह्रौ हुन्छ हर्क सर, तर जनताले साथ दियो भने त्यो रातलाई बिहानीमा ल्याउन सक्छ । सधैं यसरी नै राम्रो कर्म गर्दै अगाडि बढ्नुसु मेयर साब ! हामी जनता सधैं साथमा छौं । खुट्टा तान्ने भुसियाहरुलाई एक दिन जनताले पाता फर्काउछन्, अनिआफै पतन हुन्छन् अति सराहनिय कार्य मेयर साब ।

साथै धरान उपमहानगरले पनि चालु खर्चलाई घटाइ सरकारी सवारी साधन दुरुपयोग, इन्धन आफ्नै गोजीबाट बेहोर्नुपर्ने, मर्मत आफ्नै गोजीबाट बेहोर्नुपर्ने, अनाबश्यक सबारी साधनको नयाँ खरिद रोक्न सकेमा र देशमै उत्पादन भएका विद्युतिय सवारी साधनलाई उच्च प्राथमिकता दिई प्रयोग गर्ने निति अबलम्बन गरेमा पक्कै पनि देश समृद्ध बन्ने थियो । आत्मनिर्भर बन्ने थियो । हजुर जस्तो देशभक्त मान्छेहरुको खाँचो छ, कति दुरदर्शीता आहा मेयर साबको हरेक कामप्रति उच्च सम्मान मेरो ! जय हर्क, जय धरान, जय भिजनयुक्त युवा । नेतृत्वले देश खाओस् अपार शुभकामना ।।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ०६:५४

सिफारिस