सूचनाको शक्ति - The Power Of Information

        

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९३१ नमुनामध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा  ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने २१ जना संस्थागत आईशोलेशनमा, ७ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै २७ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किइसकेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार १९:१७