सूचनाको शक्ति - The Power Of Information

        

बजेटका सिद्धान्त र प्राथमिकता पुरानै ढर्राका

अर्थमन्त्री प्रकाशशरण महतले आइतबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजना विधेयक सिद्धान्त र प्राथमिकताले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्ने संकेत देखाएको छैन ।

अर्थमन्त्री महत आफैंले अहिलेको विश्व आर्थिक परिदृष्य र केही आन्तरिक कारणले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको र अर्थतन्त्र दवावमा परेको स्वीकार गरेका छन् ।

तर त्यसलाई कसरी व्यवस्थापन गर्ने र निजी क्षेत्रलाई कसरी गतिशील बनाएर अर्थतन्त्रको अहिलेको समस्या समाधान गर्ने भन्ने स्पष्ट खाका कोर्न नसकेको देखिएको छ ।

अहिले अर्थतन्त्रको मूल समस्या ३ वटा रहेका छन् । निजी क्षेत्रकाे आत्मबल गुमेको छ र उ सुस्ताएर बसेको छ । आम सर्वसाधारणसँग क्रयशक्तिको अभाव छ । तेस्रो सरकारकाे राजस्व अशुली कम भएर खर्च व्यवस्थापनमा समस्या आएको छ ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार ०७:४०