सूचनाको शक्ति - The Power Of Information

        

रियल मड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

रियल मड्रिडले कोपा डेल रे कपको उपाधि जितेको छ ।

ला लिगा प्रतिद्वन्द्वी ओसासुनालाई शनिबार राति २-१ ले हराउँदै रियल मड्रिड ९ वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको हो ।

शनिबार राति सेभियामा भएको खेलमा रियललाई उपाधि जिताउन दुवै गोल रोड्रिगोले गरे । ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए । पहिलो गोल रोडि्रगोले २ मिनेटमै गरेका थिए ।

ओसासुनाका लुकास टोरोले ५८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए । तर फेरि ब्राजिली युवा विंगर रोड्रिगोले ७० औं मिनेटमा अर्को एक गोल थपेर जित सुनिश्चित गरे ।

यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार ०८:२२