सूचनाको शक्ति - The Power Of Information

        

वैदेशिक रोजगार बीमामा उछाल, खुम्चियो निर्जीवन बीमा

पछिल्ला महिनाहरुमा वैदेशिक रोजगार बीमामा अत्याधिक वृद्धि देखिएको छ ।

कोरोना महामारीबाट तंग्रिएपछि विभिन्न मुलुकमा नेपालबाट रोजगारीको लागि जानेको संख्या बढ्दै जाँदा बीमामा पनि उत्साहजनक वृद्धि देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा १४ लाख ५९ हजार ३ सय १५ वटा वैदेशिक रोजगार बीमालेख जारी भएको छ ।

गत आर्थिक वर्षको चैतसम्मको तुलनामा यो बीमालेख ७१.१२ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले गत आवको चैतसम्ममा ८ लाख ५२ हजार ८ सय २७ बटा बीमालेखा जारी गरेको थिए ।

यी कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखाबाट चालु आवको चैत मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतवार ०७:४०