सूचनाको शक्ति - The Power Of Information

        

टोपबहादुर रायमाझी मेरो सम्पर्कमा हुनुहुन्न : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई बचाउन आफू नलागेको बताउनु भएकाे छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक घण्टा बढी लामो छलफल गरेपछि एमाले अधयक्ष ओलीले यस्तो बताउनु भएकाे हाे ।

साेही क्रममा उहाँले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् । तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन्।’

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताउनु भयाे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार १८:०५