सूचनाको शक्ति - The Power Of Information

        

५० हजार घुससहित प्रहरीका लेखापाल पक्राउ

लेखापालका रुपमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई) बिनोद विष्टलाई ५० हजार नगद तथा डेढ लाख रुपैयाँको चेकसहित काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो । सइ बिष्ट जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत थिए ।

घुस लिनकै लागि उनी काठमाडौैं आएको प्रहरी स्रोत बताउँछ । यसअघि उनी नेपाल प्रहरी विद्यालय बेलचौतारा तनहुँमा कार्यरत थिए । भवन निर्माणको म्याद थप तथा भुक्तानी सजिलो बनाइदिन उनले घुस लिएका हुन् ।

बानेश्वरको हंगर हव रेष्टुरेन्टबाट उनी पक्राउ परेको अख्तियारले जनाएको छ । महोत्तरीमा एसपी प्रकाश मल्ल कार्यरत छन् । घुसकान्डमा अन्य प्रहरीको पनि संलग्नताको आशंका गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १५:५४