सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ आज सपथ लिएका कांग्रेसका ३ जना मन्त्रीहरुको राजनीतिक यात्रा

कांग्रेसबाट बुधवार मन्त्री बनेका ३ जनाले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ गरेका छन् । जसमा कानून मन्त्रीमा धनराज गुरुङ,स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत र युवा तथा खेलकूद मन्त्रीमा डिक बहादुर लिम्बु रहेका छन् । तीनै जना नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।

धनराज गुरुङ

कानून मन्त्री बनेका धनराज गुरुङ २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका हुन् ।

गुरुङ कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका विजय कुमार गच्छदारलाई २ मतले पराजित गरेर कांग्रेसको शेखर कोइराला पक्षबाट उपसभापति बन्न सफल भएका थिए । पार्टीको १२ औं र १३ औ महाधिवेशनमा गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि भने उनी आदिवासी जनजातितर्फ आरक्षण कोटामा केन्द्रीय सदस्य बनेका थिए ।

गुरुङ बिसं २०२२ सालमा स्याङजाको अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा जन्मिएका हुन् । गत निर्वाचनमा उनले एमाले सचिव पद्मा अर्यालललाई हराएर स्याङजा जिल्लाको क्षेत्र नम्बर –२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । गुरुङ समानुपातिक प्रणालीबाट पहिलो र दोस्रो संविधान सभामा सांसद समेत बनेका थिए । गुरुङ बिद्यार्थी राजनीतिमा लागेर नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदै केन्द्रीय उपसभापति र २०५३ सालमा केन्द्रीय सभापति बनेका थिए । त्यसपछि गुरुङ २०५४ सालमा कांग्रेसको भातृ संगठन नेपाल तरण दलको महामन्त्री बनेका थिए ।

बिद्यार्थी राजनीति छोडेर कांग्रेस पार्टीको राजनीतिमा लाग्दा गुरुङले घाटा भने ब्यहोर्नु परेको छैन । तर मन्त्री भने पहिलो पटक बनेका हुन् । नेपाल र विद्यार्थी संघ र तरुण दलमा रहेर काम गरेका कारण उनको कार्यकर्तामा उनको राम्रो पकड रहेको छ ।

डिगबहादुर लिम्बु

बुधवार युवा तथा खेलकूद मन्त्री बनेका डिगबहादुर लिम्बुको जन्म वि.सं. २०२० भदौ २२ गते भएको थियो । उनी मोरङको लेटाङ –४ का स्थायी बासिन्दा हुन् ।

२०३९ सालदेखि शिक्षण पेशामा लागेका थिए । तर उनी बि.सं २०४२ बाट कांग्रेससँग गासिएका हुन् । लिम्बु २०४९ सालदेखि भने शिक्षकको स्थायी जागिर छोडेर पूरै कांग्रेसको राजनीतिमा होमिएका हुन् । उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा लेटाङ गाविस अध्यक्षमा निर्वाचित भएका थिए । लिम्बु सादगी र स्वच्छ छविका नेताका रुपमा चिनिन्छन् । लिम्बु अहिले मोरङ कांग्रेसको सभापति समेत रहेका छन् ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर – १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । लिम्बु २७ हजार २९७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत ल्याएका थिए । २०७४ को निर्वाचनमा भने लिम्बु उनै खतिवडासँग पराजित भएका थिए ।

त्यसैगरी २०६४को संविधान सभा निर्वाचनमा लिम्बु माओवादीका उम्मेदवार नगेन्द्र धिमालसँग परापजत भएका थिए भने बि.सं २०७०को संविधानसभा निर्वातनमा भो उनी विजयी भएका थिए

मोहन बहादुर बस्नेत

स्वास्थ्य मन्त्री बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत कांग्रेसका हक्की र निडर स्वभावका नेताको रुपमा चिनिन्छन् ।

उनी गत वर्ष मंसिर ४ मा भएको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । बि.सं. २०१५ सालमा सिन्धुपाल्चोकमा जन्मिएका बस्नेत बि सं २०३४ सालदेखि राजनीतिमा सक्रिय रूपमा लागेका थिए । उनी नेपाल बिद्यार्थी संघको राजनीतिबाट उदाएका नेता हुन् । २०४६ देखि बिद्यार्थी राजनीति छोडेर कांग्रेसको पार्टी राजनीतिमा सक्रिय हुन थालेका बस्नेत लामो समयसम्म कांग्रेस सिन्धुपाल्चोकको सभापति रहेका थिए ।

उनी कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय राजनीतिमा आएका हुन् । बस्नेत कांग्रेसको १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका भए । १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका बस्नेत समाजसेवी र अरुलाई दुःख परेका बेला सहयोग गर्ने नेताका रुपमा पनि चिनिन्छन् ।

बि.सं २०४६ सालमा प्रजातन्त्र पुनः प्राप्तिपछि भएको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर –१ बाट उम्मेदवार बनेपनि त्यतिबेला उनी नेकपा एमालेका उम्मेदवार अमृत बोहोरासँग पराजित भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा टिकट नपाएका बस्नेतले २०५६ को निर्वाचनमा भने टिकट पाए र सोही क्षेत्रबमट बोहरालाई हराएर संसदमा छिरे । त्यस बखत उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा भने बस्नेत क्षेत्र नम्बर १ बाट पराजित भएका भने । दोस्रो संविधानसभा निर्वाचनमा विजयी बने । त्यसपछि उनी सूचना तथा सञ्चार मन्त्री भएका बने । २०७४ को निर्वाचनमा भने उनी तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजित भएका थिए । मार्सल आर्ट्सका खेलाडीसमेत रहेका बस्नेतले समाज सेवासँगै राजनीतिलाई अगाडि बढाएका थिए । उनले कांग्रेसको खेलकुद विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १८:२७