सूचनाको शक्ति - The Power Of Information

        

सडकको खर्च ४० प्रतिशत मात्रै

सडक तथा पुल लगायतका पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ ।

चालु आर्थिक वर्षमा सडक विभागको पुँजीगत खर्चका लागि एक खर्ब २९ अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो ।

विभागका महानिर्देशक सुशिलबाबु ढकालले चालु आवको साढे ९ महिनाको अवधिमा ४० प्रतिशत मात्रै पुँजीगत खर्च भएको बताए ।

‘चालु आर्थिक वर्षको हालसम्मको अवधिमा विभागको ५० प्रतिशत भौतिक प्रगति भएको छ’, उनले भने ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार ०७:३४