नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । बुधबार नियुक्त भएका तनी मन्त्रीको शपथग्रहण दिउँसो ३ बजे तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई नियुक्त गरेका थिए ।
तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् । प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको लामो समय वितिसक्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । प्रचण्ड क्याविनेटमा अझै तीन मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ ।
सत्यपाटी संवाददाता । काठमाडौं