सूचनाको शक्ति - The Power Of Information

        

शरीरमा कोलेस्ट्रोल बढ्दा खानुपर्छ यस्ता फलफूल

आजको समयमा कोलेस्ट्रोल एउटा ठूलो समस्या बनेको छ । यदि तपाईको पनि कोलेस्ट्रोल बढेको छ भने तपाईले आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ । किनभने कोलेस्ट्रोल बढ्दा धेरै प्रकारका रोगहरूले तपाईंलाई घेर्न सक्छ ।

त्यसैले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ । यस्तो अवस्थामा तपाईले खानामा केही फलफूल समावेश गर्न सक्नुहुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न कुन–कुन फलफूलको सेवन गर्नुपर्छ भन्ने बारेमा थाहा पाउनुहोस् ।

कोलेस्ट्रोल घटाउन खानुहोस् यी फलफूल

कागती – खराब कोलेस्ट्रोल नियन्त्रण गर्न कागतीको सेवन गर्न सकिन्छ । कागतीमा भिटामिन सी र पोटासियमको गुण हुन्छ । जसले तपाईको कोलेस्ट्रोललाई डिस्चार्ज गर्ने काम गर्छ ।

अम्बा – अम्बाको सेवनले खराब कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले कोलेस्ट्रोललाई नियन्त्रण गर्न काम गर्छ । त्यसैले यसलाई दैनिक उपभोग गर्न सकिन्छ ।

स्याऊ – स्याउ खाँदा कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा रहन्छ । त्यसैले यदि तपाईको शरीरमा खराब कोलेस्ट्रोल बढेको छ भने तपाईले दैनिक एउटा स्याउ खानुपर्छ ।

अंगूर – अंगुरमा पाइने एन्टिअक्सिडेन्टले कोलेस्ट्रोल नियन्त्रण गर्ने काम गर्छ । त्यसैले यसको सेवनले मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ । यस्तो अवस्थामा तपाईलाई अंगूर खान मन लाग्दैन भने आजैबाट आफ्नो आहारमा अंगूरलाई समावेश गर्नुपर्छ ।

स्ट्रबेरी – स्ट्रबेरीले कोलेस्ट्रोल घटाउने काम गर्छ । त्यसैले कोलेस्ट्रोल बढेको छ भने स्ट्रबेरीको सेवन आजैबाट सुरु गर्नुहोस् ।

कसरी बढ्छ कोलेस्ट्रोल ?

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् ।

दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा बढी हुने भएकाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । माछामा गुड कोलेस्ट्रोल हुने भएकाले यसको प्रयोगले त्यति असर गर्दैन। फ्राइ गरेको माछाले कोलेस्ट्रोल बढाउन सक्छ । अण्डा हप्तामा दुईसम्म खादा हुन्छ ।

अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । मदिराले गुड कोलेस्ट्रोलको मात्रा घटाउँछ भन्ने भ्रम छ । मदिराले केही मात्रामा गुड कोलेस्ट्रोल घटाउँछ । मदिरामा बढी क्यालोरी हुन्छ । मदिराले ब्लडप्रेसर, डाइबिटिज लगायतका समस्या पनि निम्त्याउँछ । विशेषगरी बियरले ट्राइग्लिसेराइड्सको मात्रा बढाउँछ ।

मधुमेहको समस्या भएका मानिसले खानामा नियन्त्रण त गर्छन्, तर उनीहरूको शारीरिक स्ट्रक्चर कस्तो हुन्छ भने थोरै मात्र बोसोयुक्त खानेकुरा खाँदा पनि त्यसले नकारात्मक असर पार्छ । मधुमेहको समस्या भएकालाई यसै पनि ब्याड कोलेस्ट्रोलको समस्या हुन्छ । थोरै मात्र पनि बोसोयुक्त खानाले ब्लकेज गर्ने गरी कोलेस्ट्रोल बढ्छ ।

त्यसैले मानिसले दैनिक कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलाप गर्न आवश्यक हुन्छ । चुरोटको सेवनले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा घट्न थाल्छ । यसमा भएका निकोटिन र अन्य हानिकारक पदार्थले शरीरमा भएको गुड कोलेस्ट्रोललाई पनि ब्याडमा परिवर्तन गर्छ । कोलेस्ट्रोल ब्लकेज गर्ने गरी विकास हुन्छ ।

चिकेनले पनि कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसका कारण हप्तामा तीन–चार पिसभन्दा बढी नखाँदा राम्रो हुन्छ । रेड मिट त झन् खानै हुँदैन । खाए पनि महिनामा एक पटक मात्रै खादा राम्रो । महिलाले कोलेस्ट्रोल बढाउने प्रडक्ट बढी प्रयोग गर्दा पनि सन्तुलन नै हुन सक्छ । महिलामा फ्याट पचाउने क्षमता बढी हुन्छ ।

फाइबरयुक्त खानाले कोलेस्ट्रोल घट्न सघाउँछ । प्लान्ट बेस खानेतेलको भने बढी प्रयोग गर्नुहुँदैन । काजु लगायतका ड्राइफुड दिनमा एक मुठीसम्म खाँदा त्यति धेरै फरक पर्दैन । कोलेस्ट्रोलको मात्रा बढ्नुमा सबैभन्दा बढी भूमिका जेनेटिकको कारण हुन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १५:४३